काठमाडौँ – दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंका यू-२३संग पराजित भएको छ । सागको पहिलो खेलमा नै नेपाल श्रीलंकासंग ६ विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


१७३ रनको चुनौति पच्छ्याएको श्रीलंकाले १९. १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि सामु असानले अविजित अविजित ७२ रनको शानदार पारी खेले । त्यसक्रममा उनले ४४ बलमा ५ छक्का र ४ चौका ठोके । यस्तै निशान फर्नान्दोले ४२ बलमा ४६ रन हाने । यस्तै पाथुम निशांकाले ३० रन जाडे । अशेन बन्दरा १४ रनमा नटआउट रहे ।


ADVERTISEMENT

# # #


पवन सरौफले २ तथा सोमपाल कामी र सुसन भारीले समान १-१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट खेले । त्यसक्रममा उनले सर्वाधिक नटआउट ७२ रन प्रहार गरे । ४४ बल खेलेका उनले ३ छक्का र ४ चौका प्रहार गरे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन बनाएर आउट भए । मल्लले २० बलमा ३ चौका प्रहार गरे भने २३ बलमा एक चौका प्रहार गरे । यस्तै पवन सर्राफले १३ बलमा २ चौका र एक छक्कासहित २२ रन जाडे । आरिफ शेख १९ रनमा आउट हुँदा पारस खड्का १ रनमा पेवेलियन फर्किए ।

श्रीलंकाका लागिकामिन्दु मेन्दिसले दुई तथा असिथ फर्नानान्दो, कभिस्क अन्जुला, दसभिन्दु तिलाकरत्नेले समान १-१ विकेट लिए । नपालले अर्को खेल बिहीबार भुटानसंग खेल्नेछ ।