काठमाडौं । फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । पछिल्लो समय रिलिज भएका धेरै फिल्मले लगानी समेत सुरक्षित गर्न नसकिरहेको अवस्थामा ‘छ माया छपक्कै’ले भने प्रदर्शनको ५१औं दिनको यात्रा पार गर्न सफल भएको हो ।


ADVERTISEMENT


दशैँको छेको पारेर गत असोज २४ बाट प्रदर्शनमा आएको यो फिल्मले बीएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकृष्ण मुभिज, अष्टनारायण, गुण र गंगा गरेर ६ चलचित्र घरमा प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


फिल्मको सफलताको सम्पुर्ण श्रेय पहिले दर्शकलाई जाने निर्देशक दीपेन्द्र लामाले बताए ।

‘छ माया छपक्कै’ले ५१औं दिनसम्म करिब १४ करोडको ब्यवसाय गरेको अनुमान निर्माता रोहित अधिकारीले गरे ।

राजनीतिक पृृष्ठभूमिमा प्रेमकथा मिसाइएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ ।