काठमाडौँ – कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् ।


ADVERTISEMENT


विद्याले १४ हजार ८७९ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ।


ADVERTISEMENT

# # #


हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । मत गणना जारी छ । तत्कालीन सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदका लागि शनिबार निर्वाचन भएको थियो ।

भट्टराई स्व. अधिकारीकी पत्नी हुन् ।