पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।


ADVERTISEMENT


पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको आशँका गरिएको छ ।

मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको प्रहरीको भनाई छ ।

बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको प्रहरीले जनाएको छ ।