एजेन्सी – भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा खेलाडी महेन्द्र सिंह धोनीको सन्यासलाई लिएर बहस चलिरहँदा भारतीय टिमका प्रमुख प्रशिक्षक रवि शास्त्रीले मुख खालेका छन् ।


ADVERTISEMENT


एक न्यूज एजेन्सीलाई दिइएको अन्तवार्तामा धोनीको सन्यासबारे बोल्दै उनले सन् २०२० को इण्ढियन प्रिमियर लिग (आइपीएल)सम्म पर्खिन अनुरोध गरेका छन् । ‘यसका लागि आइपीएल २०२०सम्म पर्खिनुहोस् । उनी (धोनी) कहिलेसम्म खेल्छन् भन्ने कुरा आइपीएलमा उनको प्रदर्शन कस्तो रहन्छ भन्ने कुरामा निर्भर रहन्छ ।’ उनले भनेका छन्, ‘अर्को कुरा धोनीको सट्टामा आएको विकेटकिपर ब्याट्सम्यानले कस्तो खेल्दैछ र धोनीको तुलनामा उसको फर्म कस्तो छ भन्नेमा पनि निर्भर हुन्छ ?’


ADVERTISEMENT

# # #


सन् २०२० मै अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि आइपीएल ठूलो प्रतियोगिता हुने र यहीँबाट १५ जना भारतीय खेलाडी चुनिने उनको भनाई छ ।

चार महिनादेखि क्रिकेटबाट टाढा रहेका धोनी

भारत गत जुन र जुलाई महिनामा इंग्ल्याण्डमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) एकदिवसीय विश्वकपमा सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यसपछि धोनीले क्रिकेटबाट आरम लिएर संन्य प्रशिक्षण लिने निर्णय गरेका थिए । गत अगस्टदेखि उनले चार महिना सैन्य तालिम लिएका थिए ।

पन्तको खराब प्रदर्शनले टिममा चिन्ता

भारतीय क्रिकेट टिमको व्यवस्थापन र टिम छनोट समितिले रिसभ पन्तलाई धोनीको विकल्पको रुपमा देखिरहेको छ । त्यही अपेक्षा अनुरुप उनले टिममा मौका पाइरहेका छन् । तर, उनी त्यो अपेक्षामा खरो उत्रिन सकेका छैनन् । केहीले त उनलाई गैरजिम्मेवारपूर्वक ब्याटिङ गरेको आरोप लगाए ।

पन्तलाई बांग्लादेशविरुद्धको दोस्रो टेस्टभन्दा पहिले टिमले सेयद मुश्ताक अली ट्रफी खेल्नका लागि टिमबाट बाहिरि निकालेको थियो । तर, त्यहाँ पनि उनको प्रदर्शन राम्रो हुन सकेन । पन्तको खराब प्रदर्शन र धोनीको पुनरागमनको अनिश्तिताले गर्दा भारतीय टिममा विकेटकिपर ब्याट्सम्यानको समस्याले निकै सताइरहेको छ ।