काठमाडौं – आगामी डिसेम्बर १ देखि काठमाडौँमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद(साग) मा भारत पुरुष फुटबलमा सहभागी नहुने भएको छ । खेल तालिका सार्वजनिक भइसकेको अवस्थामा भारतले पुरुष फुटबलमा सहभागी नहुने जनाइएको छ ।


ADVERTISEMENT


सागका लागि टोली दर्ताको क्रममा भारतले महिला फुटबलमा मात्रै दर्ता गराएको छ । पुरुष फुटबल टोलीको दर्ता नहुँदा भारतले पुरुष फुटबलमा सहभागी नहुने अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


यद्दपी टोली दर्ताको क्रममा जारी रहेको र भारतले सहभागी नहुने सम्बन्धमा प्रष्ट्याइ सकेको छैन् ।

यसअघि पुरुष फुटबलमा नेपाल, बङ्गलादेश र भुटान समूह ए मा र भारत, माल्दिभ्स र श्रीलङ्का समूह बी मा गरी साग फुटबलको खेलतालिका सार्वजनिक गरिएको थियो । तर भारत सहभागी नहुने भएपछि खेल राउण्ड रोबिनको आधारमा हुनेछ ।

पाँच टोलीमध्ये उत्कृष्ट हुने दुई टोलीबीच स्वर्ण पदकका लागि स्पर्धा हुनेछ । यसअघि भारतले पुरुष क्रिकेटमा समेत सहभागी नहुने पहिल्यै प्रष्ट्याइसकेको छ ।