काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार बिरोधी गतिबिधीहरु बढेको औंल्याएको छ ।


ADVERTISEMENT


राजधानीमा आयोजित कार्यक्रममा महासचिव रमेश विष्टले आस्था विचारको आधारमा समाचार लेखेकै कारण पत्रकारलाइ प्रताडित बनाउने दोषीलाइ कारबाही गर्नुको सट्टा राजनीतिक संरक्षण सहित पुरस्कृत गर्ने प्रवृत्तिले दण्डहिनता मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


राज्यले पत्रकारहरुलाई बिभिन्न कोणहरुबाट आंतकित बनाउने र दण्डहीनता बढाउनाले प्रेस स्वतन्त्रता माथि सोझो प्रहार भईरहेको भन्दै यस्को अन्त्यका लागि महासंघ चुप लागेर नबस्ने चुनौति समेत दिए ।