काठमाडौँ – नेपाली सेनाका विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागिय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहले प्राविधिक उपरथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् ।


ADVERTISEMENT


आइतबार जंगी अड्डामा आयोजिक एक कार्यक्रममा सिंहलाई नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


सिंहलाई मंसिर ०३ गतेको मन्त्रीपरिषद्को बैठकले प्राविधिक उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिन्ह प्रदान गरेपश्चात प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक उपरथी सिंहलाई ईन्जिनियरिङ्ग विभागका विभागिय प्रमुखको जिम्मेवारी दिईएको छ ।