आफू चिनियाँ जासुस भएको दाबी गरेका एक व्यक्तिले अस्ट्रेलियामा शरणका लागि निवेदन दिएको विवरण सार्वजनिक भएका छन्।


ADVERTISEMENT


वाङ “विलियम” लिकिआङले हङ्‌कङ, ताइवान र अस्ट्रेलियामा गरिएका जासुसीबारे अधिकारीहरूलाई जानकारी दिएको र जासुसी कार्यमा उनी “व्यक्तिगत रूपमा” संलग्न भएको बताइएको छ।


ADVERTISEMENT

# # #


अहिले उनी आफ्ना बच्चा र श्रीमतीसहित सिड्नीमा छन्। घर फर्किए मारिन सक्ने उनलाई डर छ।वाङको पहिचान र उनले लगाएका आरोपहरूको पुष्टि हुन सकेको छैन।

तर अस्ट्रेलियाका अर्थमन्त्री जोश फ्राइडनबर्गले वाङको विषय अहिले “कानुन कार्यान्वयन गराउने उपयुक्त निकायहरूको हातमा परेको” पत्रकारहरूलाई बताए।

उनले लगाएका आरोपहरू “चिन्ताको विषय” भएको फ्राइडनबर्गको भनाइ थियो ।विपक्षी लेबर पार्टीका नेता एन्थोनी एल्बानिजले शरणका लागि वाङको दाबी “जायज हुन सक्ने” बताएका छन्।

नाम उल्लेख नगर्ने शर्तमा एक वरिष्ठ अधिकारीले गुप्तचर निकायहरूले अनुसन्धान गर्दा “तथ्यलाई कल्पनाबाट अलग गर्नुपर्ने” अस्ट्रेलियाली प्रसारक एबीसीलाई बताएका छन्।

को हुन् वाङ लिकिआङ ?

वाङका असाधारण खाले आरोपहरू अस्ट्रेलियाली सञ्चारमाध्यममा शनिवार पहिलो पटक आएका हुन् । ‘सिक्स्टी मिनट्स’ नामक कार्यक्रममा उनको अन्तर्वार्ता आइतवार राति टेलिभिजनमा प्रसारण गरिनेछ।

अस्ट्रेलियाको गुप्तचर निकाय एएसआईओलाई उनले अक्टोबर महिनामा १७ पृष्ठ लामो बयान दिएको बताइएको छ। बीबीसी