पाँचथर– निर्माणाधीन तल्लो हेंवा जलविद्युत् आयोजनाको सुरुङमा अविरल वर्षासँगै आएको बाढी पस्दा २८ रोपनी खेत बगाएको छ ।


ADVERTISEMENT


बाढीले फिदिम नगरपालिका–४ का दिलकुमार यक्पाङदेन र हिलिहाङ गाउँपालिका–७, का लक्ष्मीकुमार तामाङका २८ रोपनी खेत बगाएको हो । सुरुङमा पसेको बाढीले जलविद्युत् आयोजनाको अडिट एरिया मुनि रहेको आफ्नो मात्र मात्र करिब २१ रोपनी खेत बगाएको यक्पाङदेनले बताए ।


ADVERTISEMENT

# # #


खोला पारी रहेको तामाङको खेत भने यक्पाङदेनको खेत बगाएर हेंवा खोला थुनिएका कारण बगाएको थियो । भर्खरै धान रोपेको खेत बगाएपछि यक्पाङदेन र तामाङ चिन्तित छन् । उनीहरुले आयोजना निर्माण कम्पनी माउन्टेन हाइड्रोले आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । पीडित यक्पाङदेनले भने, “हाम्रो वर्षभरि खाने खेत नै लग्यो, अब के खाएर बाँच्नु ? ।”

यसैबीच रानीटार र लुङरुपाको सिमाना भएर बग्ने आप्पा खोलामा रहेको मुहानमा बाढी पस्दा फिदिमवासी धमिलो पानी पिउन बाध्य छन् । यस्तै गएराति परेको अविरल वर्षाले पाँचथरको फिदिम नगरपालिकास्थित नाम्दुखोलाको पुल बगाउँदा रानीटार तथा लुङरुपा जान र फिदिमतिर आउने बाटो बन्द भएकोे स्थानीय वीरेन्द्र बास्कोटाले बताए ।