काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार मध्यान्ह १२ बजेका लागि सचिवालय बैठक बोलाएको छ।


ADVERTISEMENT


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्दैछन् । दुई अध्यक्षको भेटघाटपछि १२ बजेका लागि सचिवालय बैठक बोलाइएको बालुवाटार श्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


बुधबार नै मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ। हटाउने र थप्ने मन्त्रीको नाम अन्तिम टुंगो सचिवालय बैठकले गर्ने स्रोतले जानकारी दिएको छ।

हिजो नै प्रधानमन्त्रीले मन्त्रीहरु आज हेरफेर गर्ने बताईसकेको छन् । श्रोतका अनुसार नयाँ मन्त्रीहरुको सफतका लागि दिउँसो ४ बजेको समय समेत मिलाईसकिएको छ ।