काठमाण्डौ – यूएईमा भइरहेको टी १० लिग क्रिकेटको लिग चरणका खेल सकिएका छन् । मंगलबारदेखि सुपर लिगको खेल सुरु भइसकेको छ ।


ADVERTISEMENT


सुपर लिगमा २२ नोभेम्बर अर्थात् शुक्रबार नेपालका दुवै खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टिम आमने सामने हुने छन् ।


ADVERTISEMENT

# # #


यो खेल शुक्रबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि सुरु हुनेछ ।

अहिलेसम्म पारसले २ वटा खेलमा टिममा स्थान बनाए भने सन्दीपले तीन वटामा बनाइ सकेका छन् ।

सन्दीपले अहिलेसम्म तीन विकेट हात पारेका छन् भने पारसले पनि नट आउट ४ रन जोडेका छन् । सन्दीपले सोमबार सबैभन्दा महँगो ओभर बलिङ गरेका थिए ।