काठमाडौँ – यातायात व्यवसायीहरूले सार्वजनिक यातायात नियमित रूपमा सरसफाई तथा मर्मत सम्भार गर्ने प्रतिवद्धता जनाएका छन्।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको बैठकमा सरोकारवालाहरूले एक महिनाभित्र सार्वजनिक यातायातमा मर्मत सम्भार गर्ने, डस्टबिन राख्ने तथा सरसफाइलाई नियमित बनाउने प्रतिवद्धता जनाएका हुन्।


ADVERTISEMENT

# # #


भ्रमण वर्ष २०२० र यात्रुहरूको चर्को आग्रहपछि यो विषयमा सरोकारवालाहरूलाई अनुरोध गरिएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

‘काटीले कपडा च्यातियो, सिट साह्रै फोहोर भयो लगायतको गुनासो धेरै आयो। त्यस्तै, भ्रमण वर्ष २०२० मा पर्यटकहरूमा नराम्रो सन्देश नजाओस् भनेर हामीले यो अभियान सुरू गर्न लागेका हौं,’ ढकालले भने।

सरकारले यातायात क्षेत्रमा गर्न लागेको सुधारको प्रयासलाई समर्थन गर्ने बताउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले सरकारले पनि व्यवसायीको समस्या हल गर्नुपर्ने बताए।

‘हामी सरकारलाई पूर्ण सहयोग गर्छौं। तर, ७ वर्षदेखि सार्वजनिक यातायातको भाडा समायोजन भएको छैन त्यसमा सरकारले ध्यान दिनु पर्छ,’ उनले भने।

‘भाडा झन् घटोस् वा बढोस् तर वैज्ञानिक भाडा दर लागू गर्नुपर्छ। यसो भयो भनेर भाडको किचलो सधैंको लागि अन्त्य हुन्छ,’ सिटौलाले भने।