काठमाडौँ – रौतहटको राजपुर बम काण्डका आरोपी पूर्व मन्त्री एवं नेपाली काँग्रेस रौतहटका निलम्वित सांसद् मोहम्मद अफताब आलम पुनः थुनामा पठाइएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि सांसद आलमलाई थुनामा राख्न आदेश दिएको हो ।


ADVERTISEMENT


आलमविरुद्धको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएलगत्तै अदालतले थुनामा राख्न आदेश दिएको हो । विगत ८ दिन देखि चेलेको बहसमा न्यायाधीश दीपक ढकालको इजलासमा आलमकातर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल पोखरेल, योगेन्द्र बहादुर अधिकारी, कृष्ण घिमिरे भूषणर गोपाल कृष्ण घिमिरेले बहस गरेका थिए ।


ADVERTISEMENT

# # #


बहसका क्रममा उनीहरुले प्रहरीको प्रतिवेदन, स्थलगत मुचुल्का, ठोस प्रमाण आलमविरुद्ध नरहेको, पहिलो स्थलगत मुचुल्का र पछिल्लो मुछिएकामा आलमको कतै सम्लग्नता नदेखिएको तर्क अघि सार्दै आलमलाई साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् ।