काठमाडौँ – भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्र समेटेपछि चीन पहिलो पटक उक्त विषयका बारेमा बोलेको छ । काठमाडौँस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै सीमा विवादबारे चिनियाँ भनाई सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


जारी विज्ञप्तीमा कालापानी क्षेत्रको विवाद नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादका आधारमा समाधान गर्ने विश्वास व्यक्त गरेको छ । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै चीनले विज्ञप्तीमा भनेको छ, ‘चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् । चिनियाँ पक्षले सधैँ नेपाली पक्षको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गरेको छ ।’


ADVERTISEMENT

# # #


यस्तै चीनले सञ्चारमाध्याममा चीनले पनि कालापानी लगायतका क्षेत्रमा नेपाली भूमि मिचेको समाारप्रति असन्तुष्टि जनाएको छ । उसले जनताको ध्यान अन्तैतर्फ मोड्नका लागि केही मिडिया र व्यक्तिहरुले यस्तो गरेको दाबी गरेको छ । ‘केही गैरजिम्मेबार मिडिया र व्यक्तिहरुले नेपाली भूमि चीनबाट अतिक्रमित भएको दाबी गरिरहेका छन् ।’ विज्ञप्तीमा भनिएको छ, ‘यी आरोप आधारहिन छन् र जनताको ध्यान अन्त मोड्ने गरी भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ ।’

नेपाल र चीनबीच सन् १९६१ मा भएको सीमा सन्धीको पृष्ठभूमि उल्लेख गर्दै दूताबासले त्यही आधारमा सीमा तय भएको र सीमांकन भएको पनि चीनले भनेको छ ।

‘वर्षौँ यता नेपाल र चीनबीच सीमा तथा सुख्खा बन्दरगाहका बिषयमा राम्रो सहकार्य हुँदै आएको छ’ चिनियाँ विज्ञप्तिमा उल्लेख छ, ‘यो वर्षको अक्टोबरमा चिनियाँ राष्ट्रपतिले सफल राजकीय भ्रमण गर्नुभएको छ । त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । चीनले बाह्य हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । र, नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चीनले चाहेको छ । नेपाल चीन सम्बन्धलाई कमजोर पार्ने कसैको प्रयास सम्भव हुनेछैन ।’