काठमाडौं– बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘पल्सर डेयर भेन्चर सिजन ४’ रिफ्रेसड बाई स्प्राईट लिएर आएको छ ।


ADVERTISEMENT


पल्सर डेयर भेन्चर ४ यहि शनिबार अर्थात नोभेम्बर १६ तारिकबाट राति ९ बजेदेखि एपी १ एचडी टिभीमा प्रसारण हुँदैछ ।पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो ।


ADVERTISEMENT

# # #


पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लद्दाखमा लगेको छ । राइडरहरुले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्रा भरि असीमित रोमान्चक अनुभव बटुलेका छन् ।

सिमावर्ती बाइक यात्राको अनुभव र मज्जा लिनुका साथै विजेताले रु १० लाख नगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो ।