काठमाडौं – कोका–कोला नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’को विजेता हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा आज विजेतालाई गाडीको साचो हस्तान्तरण गरे । यो क्याम्पेनमा प्रत्येक घन्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए ।


ADVERTISEMENT

# # #


कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठुलो सफलता हासिल गर्यो र नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन् ।

बम्पर लक्की ड्रका विजेता अम्बर बहादुर गुरुङले भने, ‘म लाखौं सहभागी मध्य टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएकोमा म कोका–कोला नेपाल प्रति आभार प्रकट गर्दछु ।’