रौतहट – रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए ।


ADVERTISEMENT


घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताएका छन् । घाइते जवान सेन्ट्री पोस्टमा रहेका थिए । प्रहरीले बम विस्फोट गरेको आरोपमा बिहारको ढाका भन्ने स्थानका चन्दन कुमारलाई पक्राउ गरेको छ । एक जना भने फरार रहेका छन् ।


ADVERTISEMENT

# # #


बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा स्थानीयले उनलाई समातेर प्रहरीलाई जिम्मा लगाएको बताइएको छ ।