भक्तपुर– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधार भएको छ ।


ADVERTISEMENT


भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत २१ गते प्रोस्टेट अर्थात मूत्रथैलीको शल्यक्रिया गरिएको थियो ।


ADVERTISEMENT

# # #


अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरिएको र स्वास्थ्य अवस्था सुधार आएको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए।

अस्पतालमै भट्टराईको उपचार भइरहेको र केही दिनमा घर पठाइने उनले बताए ।