काठमाडौँ – भारतले हालै सार्वजनिक गरेका आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि नमिचिएको दाबी गरेको छ। साप्ताहिक मिडिया ब्रिफिङमा बोल्दै भारतीय विदेश मन्धालयका पवक्ता रभिस कुमारले उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT


भारतको नयाँ नक्स र नेपालसंगको सीमाकाबारे सोधिएको प्रश्नको जवाफमा प्रवक्ता रभिस कुमारले आफूहरुले नेपालसँगको सिमाना हेरफेर नगरिएको बताए । बरु उनले दुई देशबीच मतभेद पैदा गर्ने समूहविरुद्ध एकजुट हुन आवश्यक रहेको औँल्याए ।


ADVERTISEMENT

# # #


उनले दुई देशबीचका मतभेदहरुको समाधान वार्ताका माध्यमबाट गर्न आफूहरु तयार रहेको उनले प्रतिवद्धता जनाए ।

‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । नक्सामा नेपालसंगको सीमामा कुनै हेरफेर गरिएको छैन ।’ रभिस कुमारले भने, ‘हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं ।’

भारत सरकारले गत नोभेम्बर २ मा सार्वजनिक गरेको नयाँ नक्साभित्र कालापानी सीमाक्षेत्रस्थित नेपाली भूमि परेपछि नेपालमा विरोध चर्किएको छ । नेपाल सरकारले पनि कालापानी क्षेत्र आफ्नो रहेको भन्दै बुधबार परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ती निकालेको थियो ।