कास्की– मंसिर १४ गते हुने कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनका लागि सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छन् ।


ADVERTISEMENT


कास्कीका प्रमुख निर्वाचन अधिकृतले भट्टराईले १ नम्बरमा उम्मेदवारी दर्ता गरेको जानकारी दिए । भट्टराईको समर्थकममा प्रभा कोइराला र प्रस्तावकमा कृष्णबहादुर थापा छन् ।


ADVERTISEMENT

# # #


बिहीबार ११ बजे प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भट्टराईले आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गरेकी हुन् ।

तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपाले स्व. अधिकारीको ठाउँमा उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको हो ।

यस्तै अन्य दलका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन् । यस्तै अन्य दलका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेस, समाजवादी र राप्रपा लगायतका उम्मेदवारले पनि आजै उम्मेदवारी दिने तयारी गरेका छन् ।