लहान – सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एक महिलाको हत्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।


ADVERTISEMENT


बुधबार बिहान पासवानकी श्रीमति कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेका थिइन्। तर श्रीमानले पैसा नदिएपछि सुरु भएको विवाद उग्र बन्दै हत्याको अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पासवानले घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गरेसँगै उनको घटनास्थलमै मृत्यु हुन पुगेको प्रवक्ता बोहराले जानकारी दिए ।

घटनापछि पासवान फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।