काठमाडौं । निर्माता, निर्देशक तथा कलाकार रोज राणाले चलचित्र ‘खलनायक–२’ निर्माण गर्ने भएका छन् । वि.सं.०६४ सालमा बनेको चलचित्र ‘खलनायक’को सिक्वेलका रुपका ‘खलनायक–२’ बन्न लागेको हो ।


ADVERTISEMENT


रोज राणाको निर्माण चलचित्र ‘खलनायक–२’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्ने छन् । द्वन्द्व निर्देशन एनबी महर्जनले गर्ने छन् । चलचित्रको कथा मौनता श्रेष्ठले लेखिरहेका छन् । साउनबाट छायांकन सुरु हुने चलचित्रले ०७७ को नयाँ वर्षमा रिलिज गर्ने तयारी गरेको निर्माता राणाले बताए।
‘खलनायक’मा राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती मुख्य भूमिकामा थिए । “‘खलनायक–२’मा मुख्य भूमिकामा रहने कलाकारको टुङ्गो लागिसकेको छैन । तर अहिलेका चलेका कलाकार नै लिन्छु,” राणाले हिमालयपोण्ट संग भने, “‘खलनायक’ जसरी सफल बनेको थियो यसको सिक्वेल पनि त्यस्तै सुपरहिट बन्नेछ।


ADVERTISEMENT

# # #


रोज भने ‘खलनायक–२’ मा पर्दामा देखिने छैनन् । उनले पछिल्लो पटक ‘मेरो पैसा खोई’ नामक चलचित्र निर्माण तथा निर्देशन गरेका थिए ।