ओखलढुङगा – जिल्लाको मोलुङ गाउँपालिका– ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा चोट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङ रहेका छन् ।


ADVERTISEMENT


बन्दुक पड्किँदा गम्भीर घाइते भएका उनलाई उपचारार्थ काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट संयुक्त रुपमा खटिएको प्रहरीले बाँदर लखेट्ने समूहमध्ये मोलुङ गाउँपालिका– ३ बस्ने २१ वर्षीय चित्र बहादुर सुनुवारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको छ ।

साथै उक्त जंगलबाट भरुवा बन्दुक २ थान समेत प्रहरीले बरामद गरेको छ । उक्त समूहका फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।