काठमाडौं – नेपालले विश्वकै पूरानो मानिने मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ५ विकेटले पराजित गरेको छ । नेपाल भ्रमणमा रहेको एमसीसीले ‘लिगेसी टुर’ अन्तर्गत आफ्नो दोस्रो एकदिवसीय खेलमा हार व्यहोरेको हो ।


ADVERTISEMENT


त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो । २०२ रनको सामान्य चुनौति पच्छ्याएको नेपालले ३७.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गरे । ६४ बलमा विनोदले ३ चौका र २ छक्का प्रहार गरे । ३८ रनमा नट आउट रहेका पवन सर्राफले २५ बलमा ४ चौका र २ छक्का ठोके । यस्तै  शरद भेषवाकर २४, आरिफ शेख र दीपेन्द्र ऐरी समान २३ रनमा आउट भए ।

एमसीसीका लागि याजिर अरफातले ३ तथा एलेक्स थम्सनले २ विकेट हात पारे ।

यसअघि एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।

यस्तै विल भान्डेस्पर ३६, कोलुम ज्याक्सन र अलेक्स थम्सनले समान ११ रन बनाउँदा टोम विस्ट्ले र कप्तान जिम्मी अदामले समान १० रन बनाएर आउट भए । अन्यले दोहोरो अंक छ्न सकेनन् ।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए । १० ओभर बलिङ गरेका ललितले एक मेडेन राख्दै ४० रन खर्चिए भने ८ ओभरमा पवनले एक मेडेनसहित ३१ रन दिए ।

त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए ।

 

 

तस्बिर : डीसी नेपाल