काठमाडौं – कुमारी चलचित्र भवन आजबाट बन्द भएको छ । क्यूएफएक्स चेन अन्र्तगतको यो चलचित्र भवन एक महिनाको लागि बन्द गरिएको हो । चलचित्र भवन मर्मत सम्भारका लागि बन्द गरिएको क्यूएफएक्स सञ्चालक नक्किम उदिनले बताए ।


ADVERTISEMENT


‘चलचित्र भवन मर्मत सम्भार गर्नुपर्ने बेला भएको थियो’ उदिनले भने ‘अहिले फिल्म नभएको मौका छोपेर मर्मत गर्न लागेका हौं ।’ चलचित्र भवनको दर्शक बस्ने सिट, ट्वाइलेट लगायत विभिन्न पक्ष समेत सुधार गर्न लागिएको उदिनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कमलपोखरीमा रहेको कुमारी दर्शकहरुको उच्च चाप हुने चलचित्र भवन हो । फिल्मको प्रिमियरका लागि पनि विशेष मानिएको यो चलचित्र भवन एक महिना बन्द हुँदा निर्माता निर्देशकलाई ठुलै घाटा पुग्छ ।