एजेन्सी – पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारकै क्रममा हृदयघात भएको पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार बताए।


ADVERTISEMENT


अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत उनले यसको जानकारी गराएका हुन्। ‘पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उनले निकै कमजोर महशुस गर्नुभएको छ’, ट्विटमा लेखिएको छ।


ADVERTISEMENT

# # #


पाकिस्तानी समाचार संस्था जिओ न्यूजले पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य उनलाई अस्पताल पुर्‍याइँदा नै निकै बिग्रिएको थियो । उनको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएको अवस्थामा यसै हप्ता अस्पताल पुर्‍याइएको थियो।

स्थानीय सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा उनलाई नयाँ रगतमार्फत प्लेटलेट दिएपछि उनको प्लेटलेट सङ्ख्या सामान्य अवस्थामा फर्किएको बताएका थिए। तर शनिबार फेरि प्लेटलेटको सङ्ख्या कमी देखिएको थियो। उनलाई शनिबार पनि प्लेटलेट दिइ उपचार भइरहेको छ।

विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो।

जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ।

रगतसम्बन्धी समस्या (थ्रोम्वोसाइटोपेनिया)को निदानका लागि जेलमा रहेका सरिफलाई अस्पताल भर्ना गरिएको थियो र यसपहिले बिहीबार दिइएको जानकारीमा स्थितिमा सुधार आएको जनाइएको थियो।