काठमाडौँ –नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले यस सिजनको टी–१० लिग खेल्ने भएका छन्।


ADVERTISEMENT


१५ नोेभेम्बरबाट सुरु हुने लिगका लागि पारस टिम अबुधावीमा आबद्ध भएका हुन्। स्रोतका अनुसार उनले १० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पारिश्रमिक पाउने छन्।


ADVERTISEMENT

# # #


पारस आबद्ध टिमको आइकोनिक खेलाडीमा इंग्ल्यान्डका अलराउन्डर मोइन अली छन्। यस्तै पाकिस्तानका तीव्र गतिका बलर मोहमद अमीर, न्युजिल्यान्डका कोरी एन्‍डरसन, श्रीलंकाका निरोशन डिकवेला, युएईका रोहान मुस्ताफा लगायतका खेलाडी छन्।

अर्का नेपाली क्रिकेटर सन्दीप लामिछानेले भने कर्नाटका टर्स्कर्सबाट खेल्नेछन् । सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए । १० ओभरको हुने खेल ९० मिनेट भित्रमा सकिनेछ।

लिगमा कर्नाटका, टिम अबुधावी, मारथा अरबीयन्स, बेंग्ला टाइगर्स, डेकन ग्लाडिएटर्स, क्वालन्दर्स, दिल्ली बुल्स र नर्दन वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।