काठमाडौँ – भिटेन भनिने चर्चित र्‍याप गायक समीर घिसिङले आफ्नो विवादित गीत य्टुयबबाट हटाएका छन् । उनले गीतमा समावेश गरिएका शब्दलाई लिएर पक्राउ परेपछि आफ्नो अफिसियल युट्युब च्यानलमा राखिएको उक्त गीत हटाएका हुन् ।


ADVERTISEMENT


भिटेनले पछिल्लो समय ‘हामी यस्तै त हो नि ब्रो’ नामक गीत सार्वजनिक गरेका थिए । जुन निकै चर्चित र विवादित बन्यो । यस्तै उनले प्रहरी असईको पोशाक लगाएर गाँजा तान्दै गरेको तस्बिर फेसबुकमा राखिएका थिए । उक्त गीतमा समाबेश गरिएका शब्दहरु र फेसबुकमा राखिएको उक्त तस्बिरका आधारमा उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #


यसअघि भर्खरैमात्र प्रहरीले गायक दुर्गेस थापालाई संस्कृति भड्काउने खालको गीत निकालेको भन्दै पक्राउ गरेको थियो । गायक थापाले ह्याप्पी तिहार, चिसो बियर’ नामक तिहारको गीत निकालेका थिए ।

माफी माग्दै आगामी दिनमा यस्ता गीत नगाउने र उक्त गीतमा समावेश शब्द हरु हटाउने बाचा गरेपछि प्रहरीले उनलाई छोडेको थियो ।