काठमाडौँ – विमेन्स च्याम्पियन्स लिगको पहिलो संस्करणको उपाधी चितवन राइनोजले जितेको छ । बिहीबार भएको फाइनल खेलमा चितवनले क्याट क्वीन्स काठमाडौँलाई ४५ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्यटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रन बनायो । १२३ रनको चुनौति पच्छ्याउँदै मैदान छिरेको काठमाडौँले खराब प्रदर्शन गर्दै २० ओभरमा सबै विकेट गुमाउँदै ६७ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


काठमाडौँका लागि अप्सरी बेगमले १५ तथा ममता थापा र ईश्वरी बिष्टले समान १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

चितवनका लागि सुमन खतिवडा र रितु कनौजियाले शानदार बलिङ गरे । उनीहरुले समान ३-३ विकेट लिए ।  यस्तै रेखा रावलका नाममा २ विकेट रह्यो ।

यसअघि चितवनका लागि समुन खतिवडाले सर्वाधिक २९ रन बनाइन् । ओपनर कागल श्रेष्ठले २१ रन बनाउँदा कन्चन श्रेष्ठले १९ रन जोडिन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहँदा रितु कन्नौजियाले ६ रन बनाएकी थिइन् ।

प्यारी चौधरी ३ रनमा अविजित रहिन् । काठमाडौंका लागि संगिता राई, लक्ष्मी साउँद र सरस्वती कुमारीले १–१ विकेट लिए ।