काठमाडौं – भिटेन भनिने चर्चित र्‍याप गायक समीर घिसिङ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


भिटेनले पछिल्लो समय ‘हामी यस्तै त हो नि ब्रो’ नामक गीत सार्वजनिक गरिएका थिए । यस्तै उनले प्रहरी असईको पोशाक लगाएर गाँजा तान्दै गरेको तस्बिर फेसबुकमा राखिएका थिए ।


ADVERTISEMENT

# # #


निकै चर्चित बनेको उक्त गीतमा समाबेश गरिएका शब्दहरु र फेसबुकमा राखिएको उक्त तस्बिरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

यसअघि भर्खरैमात्र प्रहरीले गायक दुर्गेस थापालाई संस्कृति भड्काउने खालको गीत निकालेको भन्दै पक्राउ गरेको थियो । गायक थापाले ह्याप्पी तिहार, चिसो बियर’ नामक तिहारको गीत निकालेका थिए ।

माफी माग्दै आगामी दिनमा यस्ता गीत नगाउने र उक्त गीतमा समावेश शब्द हरु हटाउने बाचा गरेपछि प्रहरीले उनलाई छोडेको थियो ।