गुलरिया बर्दिया– राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बबई नहर सुधारिने भएको छ । पहिले बनाएको कच्ची नहरलाई पक्की बनाउन थालिएको हो ।


ADVERTISEMENT


पहिलो चरणमा निर्माण भएको राजकुलोदेखि बाँसगढीसम्म २२ किलोमिटर नहरमध्ये १२ किमी कच्ची नहरलाई पक्की बनाउने काम तीव्ररुपमा भइरहेको बबई सिँचाइ आयोजनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


रु ७१ करोडको लागतमा पक्की बनाउन लागिएको सो नहर पप्पुमल्ल देव एन्ड सायर जेभी, रसुवा लामा जेभी स्वच्छन्द महादेव, खिन्ती जेभी र विल्डर्स एन्ड बिरुवा जेभीले २०७०.०७१देखि चार वटा प्याकेजमा काम सुरु गरेका थिए । अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । समयमै सिँचाइ सुविधा पुर्याउन नहरको हेड बक्सदेखि मगरागाडीसम्म छुट्टाछुट्टै नहर निर्माण गर्ने संझौता बमोजिम गत वर्ष गजुरमुखी डिबी जेभीमृत सञ्जीवनी गाल्भा जेभी, रसुवा लामा विल्डर र गजुरमुखी जेभीले जिम्मा पाई काम सुरु गरेका हुन् । नहर निर्माण भएपछि ५० प्रतिशत सिँचाइ सुविधा हुने आयोजनाको दाबी छ ।

अमरकन्सट्रक्सले रु आठ करोडको लागतमा गत वर्षदेखि बबई पुलदेखि पश्चिमतिर १५० मिटर लामो साइफन राखी नहर निर्माण गरिरहेको छ ।

सो नहर निर्माणबाट पूर्वमा पदनहा, बानियाभार, मगरागाडी, धधबार महममदपुर, कालिका, मैनापोखर, सोरहवा, जमुनी र बाँँसगढी नगरपालिकाका खेतीयोग्य जमिन सिञ्चित हुनेछ हुनेछ भने पश्चिमतिर नेउलापुर, बगनाहा, ढोढरी, सूर्यपटुवा, ठाकुरद्वारा नगरपालिका लगायत मधुवन नगरपालिका र गुलरिया नगरपालिकामा समेत सिंचाइ सुविधा पुग्ने भएको छ ।