विराटनगर, । नेकपा मोरंगले पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी तीव्र पारेको छ । आगामी कात्तिक ८ गते पार्टी कार्यालय पाञ्चालीमा हुने कार्यक्रमका लागि आज विभिन्न तयारी समिति तथा उपसमितिहरुको बैठक बसी तयारीलाई तीव्र पारिएको पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।


ADVERTISEMENT


पार्टी कार्यालयमा आज स्वयंसेवक परिचालन मूलसमारोह समिति, खाध्यान्न उपसमिति, ट्राफिक व्यवस्थापन उपसमिति, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन र गेट स्वागत समितिको बैठक बसेको बसेको अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक पर्शुराम बस्नेतले बताउनुभयो । पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई भव्य बनाउन विभिन्न उपसमितिहरु सक्रिय भएको उहाँले बताउनुभयो ।


ADVERTISEMENT

# # #


पार्टी प्रशिक्षण कार्यक्रमपछि कार्यकर्तामा नयाँ उत्साह थपिने उहाँले बताउनुभयो । रविन थापाको संयोजकत्वमा स्वयंसेवक परिचालन मूलसमारोह समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा इश्वरी आचार्य र सचिवमा भाष्कर खनाल रहनु भएको छ । विमला घिमिरे संयोजकत्वमा रहेको खाध्यान्न उपसमितिको सह संयोजकमा लता न्यौपाने, शुशिल रिजाल संयोजकत्वको ट्राफिक व्यवस्थापनको सह संयोजकमा सनोज यादव र गोकर्ण घिमिरेको संयोजकत्व र मोहम्वत अजाकको सह संयोजकत्वमा गेट स्वागत उपसमिति गठन गरिएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा पार्टी स्कुल विभाग प्रमुख इश्वर पोखरेल लगायतका नेताहरुको सहभागिता रहने मोरंग सचिव गणेश उपे्रति शुशिलले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा करिव ५ हजारको सहभागिता रहने छ ।