टोक्यो – जापानका सम्राट नारुहितोले मंगलबार एक औपचारिक समारोहका बीच गद्धी आरोहण गरेका छन् । ५९ वर्षिय सम्राटले उनका पिता अकिहितोले गद्धी त्यागेपछि गएको मे महिनाबाट नै शासन शुरु गरेका थिए ।


ADVERTISEMENT


तर, विभिन्न विधि पूरा गरेर आजबाट उनले गद्धी आरोहणको प्रक्रिया पूरा गरेका हुन् । आजको समारोहमा सम्राट ६.५ मिटर अग्लो ताकामिकुरा भनिने गद्धीमा चढेका थिए । उनले आफ्नो औपचारिक घोषणा सो अवसरमा पढेका थिए ।


ADVERTISEMENT

# # #


उनले सो अवसरमा संविधान अनुसार आफूले आफ्नो भूमिका निर्वाह गर्ने र जनता र देशका लागि राष्ट्रिय एकताको प्रतीकका रुपमा काम गर्ने जनाएको रोयटर्सले अनुवाद गर्दै जनाएको छ । उनकी पत्नी सामाज्ञ्री मासाको पनि केही सानो गद्धीमा सजिएर बसेकी थिइन् ।

सो अवसरमा प्रधानमन्त्री शिन्जो आबेले बधाई सम्बोधन गरेका थिए । उनले चिच्याउँदै जापानी भाषामा ‘सम्राट चिरायु रहुन्’ भनेका थिए । एजेन्सी