काठमाडौं – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी विमेन्स च्याम्पियन्स लिग टी ट्वान्टी क्रिकेट प्रतियोगितामा क्वाट क्विन्स काठमाडौंले जित निकालेको छ । क्याट क्विन्स काठमाडौंले विराटनगर टाइटन्सलाई ९ विकेटको अन्तरले हराएको हो ।


ADVERTISEMENT


विराटनगर टाइटन्सले दिएको ६९ रनको लक्ष्य क्याट क्विन्स काठमाडौंले ९ दशमलव ५ ओभरमा पूरा गर्यो । क्याट क्विन्स काठमाडौंको लागि रुविना क्षेत्रीले सर्वाधिक रनको योगदान दिइन् । रुविना क्षेत्रीले ३० बलमा ६ चौकाको सहायताले ३४ रन बनाइन् । अप्सरा बेगमले २८ बलमा ३ चौकाको मद्दमा २७ रनको योगदान दिइन् । काठमाडौंका लागि रुविना क्षेत्रीले ४ विकेट लिइन् ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रनको योगदान दिइन् । उनले २५ बलमा ६ चौकाको सहायताले ३४ रन बनाइन् । ज्योति पाण्डेले १२ रनको योगदान दिइन् । आरती विदारीले ११ रनको योगदान गर्दा लक्ष्मी चौधरी र सरिता मगरले ३–३ रन मात्र जोडे ।