एजेन्सी – बंगलादेशका क्रिकेट खेलाडीले भारतविरुद्धको टी–२० र टेस्ट सिरिज नखेल्ने चेतावनी दिएका छन् । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) सामू ११ वटा माग राख्दै बंगलादेशी खेलाडीले माग पूरा नभए भारतविरुद्धका सिरिज नखेल्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


बांग्लादेशको टिमको भारत भ्रमण ३ नोभेम्बरदेखि सुरु हुँदैछ । जसमा ३ टी २० र दुई वटा टेस्ट खेल हुनेछन् । बीसीबीले हालै एक आदेश जारी गर्दै बंग्लादेश प्रिमियर लिग (बीपीएल)मा सहभागी हुने हरेक टिमले प्लेइङ ११ मा एक लेगस्पिनर बलर अनिवार्य खेलाउनु पर्ने बताएको थियो । यही आदेशको विरोधमा खेलाडी उत्रिएका हुन् ।


ADVERTISEMENT

# # #


बांग्लादेशका कप्तान शाकिब अल हसनले सोमबार पत्रकार सम्मेलन गरेका थिए । उनले बीसीबीसामू ११ वटा माग राखेका छन् । ‘बीसीबी जुन किसिमको व्यवहार गरिरहेको छ, यसले क्रिकेट खेलाडीमाथि दबाब बढाएको छ । जसको असर खेलमा पर्नेछ ।’ हसनले पत्रकार सम्मेलनमा भने, ‘हामी केही वर्षदेखि कुनैपनि लेगस्पिनर बिना नै सिनियर टिम खेलिरहेका छौँ । अचानक बोर्डले बीपीएलका सातै टिमलाई लेगस्पिनर खेलाउने आदेश दिन्छ ।’

‘पहिले घरेलू क्रिकेटमा लागू होस्’

लेगस्पिनर खेलाउने आदेश मान्ने नहुने भन्दै शाकिबले लेगस्पिनरलाई निरन्तरता दिनका लागि पहिले घरेलू संरचनामा लामो समय निर्णय कार्यान्वयन गर्नुपर्ने बताए । ‘मलाई लाग्छ, कुनैपनि लेगस्पिनरलाई निरन्तरता र उत्कृष्ट बनाउनका लागि घरेलू क्रिकेटमा लामोसमयसम्म बलिङ गर्न आवश्यक छ । बीपीएल एक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हो ।’ शाकिबले अघि भने, ‘यहाँ अन्तर्राष्ट्रिय स्तरका क्रिकेटर आउँछन् । त्यसकारण बीपीएलमा आएर कोही खेलाडी बन्न सक्दैन ।’